हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । मोरङमा हात्तीपाइले विरुद्धको औषधि यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ । मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए ।

गएको वर्षमा ८३ प्रतिशत नागरिकलाई खुवाइएको सो औषधि यस वर्ष ९० प्रतिशतलाई खुवाउने अभियान तीव्र पारेको सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख महतोले बताए। औषधि खुवाउन लगभग १४ दिनसम्म अभियान चल्ने बताइएको छ ।

औषधि नखाने व्यक्तिका कारण नियमित खाइरहने मानिसलाई थप औषधि खाइरहनु पर्ने भएको यो अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्ने जनस्वास्थ्य अधिकृत धरणीधर निरौलाले बताउनुभयो । मोरङको सुन वर्षी नगरपालिकामा ३०० मानिसलाई नमुना परीक्षण गर्दा २४ जनामा हात्तीपाइले रोगको लक्षण देखिएकाले सो क्षेत्रमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन कुनै पनि नागरिकलाई छुट्न नदिन विशेष ध्यान दिइने प्रमुख मेहताको भनाइ छ ।

हात्तीपाइले विरुद्धको औषधि खुवाउने यस वर्ष ११ औँ चरण हो भन्दै यसमा इभरमेटिन, डिइसी र अल्बेन्डाजोल औषधि खुवाउने जनस्वास्थ्य निरीक्षक रामकुमार लामाले बताए । उनका अनुसार गर्भवती महिला तथा छारे रोग भएको मानिसले यो औषधि खानु हुँदैन । समूह दुई वर्ष माथि उमेरका समूहका मानिसहरूलाई यो औषधी दिइनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस