युक्रेनका लागि अबको २४ घण्टा महत्त्वपूर्ण छ : राष्ट्रपति जेलेन्स्की « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

युक्रेनका लागि अबको २४ घण्टा महत्त्वपूर्ण छ : राष्ट्रपति जेलेन्स्की


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि अबको २४ घण्टा महत्त्वपूर्ण हुने बताएका छन् ।

जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस् जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्त्वपूर्ण हुने बताएका हुन् ।

सोमबार बेला रुसको सीमा नजिकै युक्रेन र रुसका प्रतिनिधिबिच वार्ता हुन लागिरहेका बेला उनको पछिल्लो भनाइ आएको हो । तर वार्ताका लागि युक्रेन तयार भएपछि रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले आणविकसहित अन्य भारी हतियारलाई विशेष सतर्कतामा रहन निर्देशन दिएका छन् ।

पुटिनले नेटोका सदस्य राष्ट्रले आक्रामक अभिव्यक्ति दिएको भन्दै आणविक हतियार सतर्क अवस्थामा रहन भनेका हुन् ।

युक्रेनमा रुसको आक्रमणमा परी हालसम्म ३५२ सर्वसाधारणको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमा १४ जना बालबालिकासमेत छन् । त्यस्तै, १६ सय ८४ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस