एमसीसी पास गरेर गम्भीर दुर्घटनाबाट बाँचियो,  अध्यक्षले अब विशेष सम्बोधन गर्नुहुन्छ : प्रचण्डको सचिवालय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमसीसी पास गरेर गम्भीर दुर्घटनाबाट बाँचियो,  अध्यक्षले अब विशेष सम्बोधन गर्नुहुन्छ : प्रचण्डको सचिवालय


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको सचिवालयले संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको बताएको छ । प्रचण्डकी छोरी एवं स्वकीय सचिव गङ्गा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बाँचिएको दाबी गरेकी हुन् ।

पार्टी नेतृत्वलाई विश्वास गरौँ भन्दै उनले भनेकी छन्– एमसीसीको सवालमा घटनाक्रमलाई मात्रै नियालेर गहिराइसम्म पुग्न सकिँदैन। एक पटक सोचौँ हाम्रो देशसंगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ। पार्टी नेतृत्वलाई विश्वास गरौँ ।

धेरै विचार र विवेक पुर्‍याएर एमसीसी अनुमोदन गरिएको उनको भनाइ छ । ‘धेरै विचार र विवेक पुर्‍याएर यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौँ’ उनले भनेकी छन्, ‘नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔँ ।’

उनले विकसित घटनाक्रमबारे अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने पनि बताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस