दृष्टिविहीन अमिट केसी पुनः सगरमाथा आरोहण गर्ने तायरीमा   « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दृष्टिविहीन अमिट केसी पुनः सगरमाथा आरोहण गर्ने तायरीमा  


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । बागलुङका न्यून दृष्टि भएका अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्ने भएका छन् । एक वर्षअघि सगरमाथाको आठ हजार मिटर उचाइमा पुगेर फर्किएका उनले चैतमा पुनः सगरमाथा आरोहण गर्ने तयारी थालेका हुन् ।
आइतबार बागलुङमा पत्रकार सम्मेलन गर्दै केसीले सगरमाथाको चुचुरो चुम्ने आफ्नो लक्ष्य कायम रहेको बताए । जैमिनी नगरपालिका–४ सर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भए पनि आर्थिक अभाव परेकाले सहयोगी मनलाई सहयोग गरिदिन आग्रह समेत गरे ।
“अघिल्लो पटक हावाहुरीका कारण बिचमा एक दिन रोकिन नपरेको भए म चुचुरोमा पुग्थेँ, अक्सिजन लिएर ४८ घण्टा बस्नुपर्ने, थप अक्सिजन लिने पैसा थिएन”, उनले भने, “यस पटक ५० हजार डलर खर्च हुन्छ, सहयोग गरिदिन म सबैसँग आग्रह गर्दछु ।” उहाँले नेपालमा सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिविहीन व्यक्ति बन्न आफू आतुर रहेको बताए ।
केसीले लायन्स क्लब इन्टरनेशनल १०० वर्ष पुगेको अवसरमा आफूले सन् २०१७ मा क्लबको झण्डा बोकेर सगरमाथा आरोहणमा गएको तर चौथो आधार शिविरमा पुगेर अक्सिजन समाप्त भएर फर्किएको सुनाए । उनले भने, “मैले त्यति बेला पनि सगरमाथाको सपना त्यहीँ छोडेर शरीर लिएर फर्केको छु थिएँ । मैले त्यति बेला पनि पुनः आउने भनेको थिए । अहिले सगरमाथा चढ्ने तयारी सुरु गर्दै छु ।”
२०२१ मा उद्योग वाणिज्य सङ्घको झण्डा बोकेर आठ हजार मिटरमाथि पुगेका केसीले अक्सिजन र पैसा सकिँदा फर्किनुपरेको गुनासो गरे । मानसिकरुपमा तयारी अवस्थामा भए पनि आर्थिक अभावको कारणले यो अभियान सङ्कटमा परेको उनले  सुनाए । उनले यो अभियान सफल पार्नको लागि आर्थिक सहयोग गर्न आग्रह सबैमा आग्रह समेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस