बझाङका भण्डारीको हत्यामा संलग्न दुई जना १६ वर्षपछि पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

बझाङका भण्डारीको हत्यामा संलग्न दुई जना १६ वर्षपछि पक्राउ


१५ फाल्गुन २०७८, आइतबार


पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बझाङको जयपृथ्वी नगरपालिका–७ का मीनबहादुर भण्डारीको हत्यामा सलङ्ग्न दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले विसं २०६२ असोज २३ गते भण्डारीको हत्यामा सलङ्ग्न बझाङ जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४० वर्षीय वीरेन्द्र राना र सोही स्थानकै ३३ वर्षीय रमादेवी रानालाई शनिवार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले हतियारको प्रयोग गरी ज्यान मारेर फरार रहेका उनीहरूलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमाबाट पक्राउ गरिएको जानकारी दिए ।

उनीहरूलाई जिल्ला अदालत बझाङले विसं २०६६ सालमा कर्तव्य ज्यान मुद्दामा वीरेन्द्रलाई २० वर्ष कैद र रमादेवीलाई तीन वर्ष कैद हुने गरी फैसला गरेको थियो ।

पक्राउ परेका दुबैजनालाई आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बझाङ पठाइएको प्रवक्ता थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस