एमसीसी संशोधनबिना अगाडि बढाउनु हुँदैन : देव गुरुङ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमसीसी संशोधनबिना अगाडि बढाउनु हुँदैन : देव गुरुङ


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले दलहरूले गर्ने भनेको व्याख्यात्मक घोषणालाई संसदमा पेस गर्नुपर्ने माग गरेका छन् ।

व्याख्यात्मक घोषणा अमेरिकलाई स्वीकार्य हुने–नहुनेबारे अझै प्रष्ट नभएको भन्दै गुरुङले संशय व्यक्त गरिए ।

उनले भने, ‘संशोधनबिना अगाडि बढाउनु हुँदैन भन्ने हाम्रो पार्टीको धारणा हो । व्याख्यात्मक घोषणा हुने भनिएको छ । यद्यपि यो अझैं आइसकेको छैन । संशोधनको प्रावधान पनि राखिएको देखिँदैन ।’

‘दुईपक्षीय आधारमा संशोधन हुने हो । हाम्रो घोषणा एमसीसीलाई स्वीकार्य हुन्छ कि हुँदैन भन्ने हो । त्यो एमसीसीले स्वीकार गर्छ भने सकरात्मक हुन्छ,’ उनले भने ।

घोषणा संसदमा पेस गर्न माग गर्दै गुरुङले संशोधनलगायतका प्रक्रियाहरू पनि राख्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस