२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितकलाको विकासका लागि सरकारको विशेष प्राथमिकता: मन्त्री आले

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मुलुकको ललितकला र संस्कृतिको संरक्षण एवम् विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १२औँ प्राज्ञ सभा को आज उद्घाटन गर्दै उनले ललितकलाको विकास, प्रवर्द्धन गर्न मन्त्रालयले योजनाबद्ध कार्यक्रम ल्याउने विश्वास दिलाए । मन्त्री आलेले भिन्न–भिन्न चार प्रज्ञा प्रतिष्ठानलाई एकीकृत गरेर, नाट्य, कला, संस्कृतिको प्रवर्द्धनमा ध्यान केन्द्रित गरिने बताए। उनले भने,‘ललितकलाको प्रवर्द्धनका लागि सक्दो सहयोग गर्छौ, तीन÷चार वटा प्रतिष्ठान बनाएर काम छैन, पहिला पनि (नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहेको प्रतिष्ठान) एउटै थियो । यी सबैलाई एउटै प्रतिष्ठान मातहतमा समाहित गरेर यस क्षेत्रको विकास प्रवर्द्धनका लागि अघि बढ्छौ ।’

कार्यक्रममा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले राष्ट्रको मौलिक पहिचान प्रवर्द्धनमा कला र संस्कृतिको महत्त्वपूर्ण भूमिका रहेको भन्दै कलालाई मौलिकताको साथसाथै यसलाई व्यावसायिक रूपमा पनि अघि बढाउ नसके अर्थतन्त्रमा समेत टेवा पुग्नसक्ने बताए । उनले विज्ञान र कलालाईसँगसँगै लैजाने गरी विज्ञान प्रतिष्ठानले योजनाबद्ध कार्यक्रम अघि सारेको जानकारी दिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति के–के कर्माचार्यले प्राज्ञ सभाले प्रष्ठिानको आगामी वर्षको रणनीति तय गर्ने जानकारी दिए । त्यस्तै सभाले प्रतिष्ठानको कार्यविधि, आगामी वर्षको अनुमानित प्रस्तावित बजेट कार्यक्रमलाई पारित गर्नेछ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले कला, संस्कृतिको विकासका लागि सबै नाट्य प्रतिष्ठानहरूले समन्वयका साथ योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने खाँचो औँल्याए । प्राज्ञ गङ्गा सुवेदीले मुलुकको कुना कन्दरामा लुकेका कला र संस्कृतिलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम अघि बढाउन जरुरी भएको उल्लेख गरे ।

यसैबिच प्रतिष्ठानले ललितकलामा आबद्ध कलाकारलाई परिचयपत्र वितरणको प्रारम्भ गरेको छ । प्रतिष्ठानका उपकुलपति कर्माचार्यले परिचयपत्र लिएर वितरण शुभारम्भको घोषणा गरे । प्रतिष्ठानका पदाधिकारी तथा परिषद् सदस्यलाई वितरण गरिएको यो परिचयपत्र ललितकलामा आबद्ध देशभरका कलाकारलाई प्रदान गरिनेछ । यस्तो परिचयपत्र लिन सम्बन्धित कलाकारले निवेदन दिनुपर्नेछ । विभिन्न चार ‘क्याटोगोरी’ मा प्रतिष्ठित, विशिष्ट, वरिष्ठ र कलाकार परिचयपत्र उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस