एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा, टुट्न नदिन गम्भीरताका साथ लागि परेका छौँ : प्रचण्ड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा, टुट्न नदिन गम्भीरताका साथ लागि परेका छौँ : प्रचण्ड


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने खतरामा रहेको औंल्याउँदै त्यसलाई टुट्न नदिन आफूहरू गम्भीरताका साथ लागि परेको बताएका छन् ।

अध्यक्ष दाहालले गठबन्धन जोगाउँदै एमसीसी समस्या समाधानका लागि आफूहरूले विभिन्न उपायको खोजी गरेको पनि बताए । माओवादी युद्धका सहिद गोरखाका दिलबहादुर रम्तेलको स्मृति दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।

यस क्रममा दाहालले संविधान, लोकतन्त्र र सबै उत्पीडित वर्ग, समुदायको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका थिए । त्यसैले पनि फेरि अर्को जनयुद्ध लड्नुपर्ने उनको चेतावनी थियो ।

हामीले गठबन्धन बनाउँदा भनेका थियौं यो संविधानको रक्षा गर्न, लोकतन्त्रको रक्षा गर्न र राष्ट्रियताको रक्षा गर्नका निम्ति हाम्रो यो गठबन्धन हो । जनताको बीचमा भनेको पनि, राजनीतिक दलहरुको बीचमा भएको सहमति पनि त्यही थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस