अमेरिकाले भियतनामबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति अल्वी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाले भियतनामबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति अल्वी


१३ फाल्गुन २०७८, शुक्रबार


इस्लामावाद । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले विगतबाट पाठ नसिकेको र अर्को जालमा फसेको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् । मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्को जालमा फस्ने छैन। अल्वीले भने ।

राष्ट्रपति अल्वीको यो टिप्पणी जारी युक्रेन द्वन्द्वको बीचमा आएको हो । केही समय अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मस्को भ्रमण गरेका थिए। यद्यपि विश्लेषकहरूले यो भ्रमणलाई असान्दर्भिक र मूर्खतापूर्णु भनेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस