बागलुङ नगरपालिकाका तत्कालीन प्राविधिक प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बागलुङ नगरपालिकाका तत्कालीन प्राविधिक प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर


१३ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । बागलुङ नगरपालिकाका तत्कालीन प्राविधिक प्रमुख दयाराम अधिकारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक अधिकारीविरुद्ध ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आज (शुक्रबार) मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

प्राविधिक अधिकारीले बागलुङ नगरपालिकाले कामै नभएको काममा काम भएको देखाएको, निर्माणाधीन बसपार्कमा कामै नभएकोमा भुक्तानीमा सही गरेको भन्दै अख्तियारले उनलाई ५ लाख ९० हजार बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस