मतदाता नामावली अद्यावधिक « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मतदाता नामावली अद्यावधिक


१२ फाल्गुन २०७८, बिहिबार


विराटनगर । प्रदेश निर्वाचन कार्यालय १ नं प्रदेश विराटनगरद्वारा आज यहाँ स्थानीय तह निर्वाचन २०७९ का लागि मतदाता नामावली अद्यावधिक गर्ने विषयमा सरोकारवालाहरूसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा मतदाता नामावली अद्यावधिक एवं दाबी विरोधको कार्यक्रम फागुन २० गतेदेखि २६ सम्म कायम रहेकाले यसमा सबै मतदाता एवं राजनीतिक दलहरू चनाखो हुनुपर्ने भनिएको छ ।

जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारी, सञ्चारकर्मीको सहभागिता रहेको सो कार्यक्रममा निर्वाचनलाई सहज एवं सरल बनाउन मतदाता नामवलीमा हुने त्रुटि समयमै सच्याउनुपर्ने भन्दै मतदाता परिचयपत्रले निर्वाचनलाई विवादरहित, धाँधलीरहित, स्वतन्त्र एवं निष्पक्ष बनाउने भएकाले यसमा सबैको ध्यान जानुपर्ने बताइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचनलाई लक्षित गरी राज्यले मतदाता परिचयपत्रमा गरेको खर्चलाई खेर जान नदिन परिचयपत्र सुरक्षित राख्नुपर्ने धारणा राख्दै मतदानका लागि राज्यले वितरण गरेको मतदाता परिचयपत्रले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन मद्दत गर्ने विचार व्यक्त गरे ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले आसन्न निर्वाचनलाई व्यवस्थित गर्न आयोगले तयार गरेको कार्यक्रम एवं प्रक्रियामा सबैको सहभागीता आवश्यक छ भने । मोरङमा हालसम्म सात लाख १० हजार हाराहारीमा मतदाता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस