टी–२० अन्तर्राष्ट्रियमा भुर्तेलको पाँचौं अर्धशतक « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

टी–२० अन्तर्राष्ट्रियमा भुर्तेलको पाँचौं अर्धशतक


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाएका छन् ।

ओमानमा भइरहेको आईसीसी टी–२० ग्लोबल क्वालिफायरको तेस्रो स्थानको लागि भइरहेको खेलमा भुर्तेलले घरेलु टोली ओमानविरुद्ध अर्धशतक बनाएका हुन् ।

उनी नेपालबाट टी–२० मा सर्वाधिक ५ अर्धशतक बनाउने खेलाडीसमेत बनेका छन् । कुशलले एक शतक समेत प्रहार गरेका छन् । भुर्तेलले ४२ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस