नक्कली पूर्जा देखाएर ३३ लाख ठगी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नक्कली पूर्जा देखाएर ३३ लाख ठगी


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । नक्कली पूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी ३३ लाख ठगी गरेका छन् ।

ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार बुढाथोकीले साँखुस्थित कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना रु ३५ लाखमा दिन्छु भनी प्रलोभनमा पारी ठगी गरेका छन् ।

पीडितलाई जग्गाको पूर्जा र नक्साको प्रतिलिपी दिई ३५ दिनमा पास गरिदिन्छु भन्दै आश्वासन दिएर ३३ लाख लिएर जग्गा बैनाको कागज बनाएको खुल्न आएको कुँवरले बताए ।

तोकिएको समयमा जग्गा पास नगरेपछि मालपोत कार्यालय साँखुमा बुझ्दा उक्त जग्गा हितबहादुरको नाममा नभएको खुलेपछि मात्रै पीडितले ठगीमा परेको थाहा पाएका थिए ।

पीडितले उजुरी दिएपछि महाशाखाले बुढाथोकीलाई पक्राउ गरेको हो । उनले अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनी नक्कली कागज बनाएर ठगी गरेको पाइएको छ । बुढाथोकीलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस