आन्दोलनरत विद्यार्थी नेतालाई गृहमन्त्रीको फोन, संयमित हुन आग्रह « प्रशासन
Logo २७ श्रावण २०७९, शुक्रबार
   

आन्दोलनरत विद्यार्थी नेतालाई गृहमन्त्रीको फोन, संयमित हुन आग्रह


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीविरुद्धको आन्दोलनमा संयम हुन विद्यार्थी सङ्गठनका नेताहरूलाई आग्रह गरेका छन् ।

उनले बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरूलाई टेलिफोन गरी संयमपूर्वक आन्दोलन गर्न आग्रह गरेका हुन् ।

एमसीसीविरुद्ध नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएको नेकपा एकीकृत समाजवादीका निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार गृहमन्त्री खाँणले आन्दोलनमा संयमित हुन र कतै पनि क्षति नपुगोस् भनेर सजग रहन भनेका थिए ।

आफूले एमसीसीलाई रोक्ने तर्फ सरकारले भूमिका खेलोस् भनेर भनेको पराजुलीले बताए ।

यही फागुन ५ गते भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीतर्फ धेरै घाइते भएका थिए । नयाँबानेश्वर क्षेत्रका पसल, फुटपाथ र सडकको बीच भागमा बनाइएको हरियाली क्षेत्रमा समेत क्षति पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस