सडक खाली गरेर ब्यारिकेड सहित बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सडक खाली गरेर ब्यारिकेड सहित बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता 


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी छलफलका लागि संसदमा पेस हुन लागेका बेला नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतीको मूल्याङ्कन गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ ।

बानेश्वर क्षेत्रमा प्रहरी सडक खाली गराएर ब्यारिकेड राखेको छ । केहीअघि भएको प्रदर्शनमा आन्दोलनकारीले प्रहरीको ब्यारिकेडसमेत लडाएका थिए ।

अहिले संसद भवन वरिपरी व्यापक प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीलाई पनि ‘स्ट्यान्ड बाई’ राखिएको छ । पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई पनि बानेश्वरमा राखिएको छ ।

बुधवारै संसद भवनको वरिपरी पनि काँडेतार लगाइएको थियो । संसद बैठक दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस