देउवा–प्रचण्डबिच भेटवार्ता सकियो  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

देउवा–प्रचण्डबिच भेटवार्ता सकियो 


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् ।

भेटमा प्रधानमन्त्री देउवा र दाहालबिच एमसीसी कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।

समयसीमाभित्रै एमसीसी अनुमोदन गर्नेबारे उहाँहरूबीच कुराकानी भएको हो । आजदेखि संसद‌मै एमसीसीमाथि छलफल हुँदैछ । 

बिहीबार बिहान सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि अध्यक्ष दाहाल बालुवाटार गएका हुन् ।

प्रतिनिधिसभामा एमसीसी सम्झौतालाई अघि बढाउने विषयमा सत्ता गठबन्धन दलमै विवाद बढ्दै गएको छ । बिहीबार प्रतिनिधिसभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । आजको बैठकमा एमसीसी सामान्य छलफलका लागि पेस गर्ने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस