एमसीसीबारे प्रचण्ड, माधव र झलनाथबीच सिंहदरवारमा छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमसीसीबारे प्रचण्ड, माधव र झलनाथबीच सिंहदरवारमा छलफल


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी(एस)का नेताहरू सिंहदरवारमा छलफलमा जुटेका छन् ।

बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुनुअघि सत्तारुढ दुई दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

एमसीसीको विपक्षमा उभिने निर्णय गरेका सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबिच भइरहेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादीकै सम्मानित नेता झलनाथ खनाल सहभागी छन् ।

एमसीसी संसदमा टेबल गर्न दिए पनि प्रस्तावको विपक्षमा उभिने निर्णय गरेका ५ दलीय सत्ता गठबन्धनमा रहेका दुवै दलले एमसीसी निर्णयार्थ प्रस्तुत गर्दा के कस्तो भूमिकामा रहने भन्ने रणनीतिका बारेमा छलफल भएको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस