युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसको घोषणा, राजधानीमा विस्फोट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

युक्रेनमा सैन्य कारबाही सुरु गरेको रुसको घोषणा, राजधानीमा विस्फोट


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा युक्रेन सङ्कटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् ।

पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बिबिसीले जनाएको छ ।

यसैबिच राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बिबिसीले जनाएको छ । डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस