कैलालीमा हतियारसहित ३ जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कैलालीमा हतियारसहित ३ जना पक्राउ


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । कैलालीमा सशस्त्र प्रहरीले हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । कैलाली गाउँपालिका–५ छोटकी पलियाबाट सशस्त्र प्रहरीले ३ जनालाई हतियारसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीको गस्ती टोलीले बिहीबार बिहान १ थान बन्दुक र ५ कार्तोस (गोली) सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

उनका अनुसार कैलाली गाउँपालिका–३ का स्थानीय ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरीलाई पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नम्बर ३४ गणमा राखिएको छ ।

सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाउने तयारी गरेको छ । उनका अनुसार अहिले तीनै जना सशस्त्र प्रहरीकै नियन्त्रणमा छन् भने सशस्त्र प्रहरीले जिम्मा लगाएपछि कारबाही पक्रिया अगाडी बढ्ने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस