बिहीबारको संसद् बैठकमा एमसीसीमाथि छलफल हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बिहीबारको संसद् बैठकमा एमसीसीमाथि छलफल हुने


११ फाल्गुन २०७८, बुधबार


sanghiya sansad

काठमाडौँ । संघीय संसद्को बिहीबारको बैठकमा एमसीसीसँग भएको अनुदान सहायता सम्झौतामाथि छलफल हुने भएको छ ।

संसद् सचिवालयले बैठकमा सरकारले एमसीसीमाथि छलफलकालागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको हो ।

संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको जानकारी दिए ।

त्यस्तै, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस