इलामको सुकिलुम्बा विमानस्थलमा आजदेखि ताराको व्यावसायिक उडान सुरु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

इलामको सुकिलुम्बा विमानस्थलमा आजदेखि ताराको व्यावसायिक उडान सुरु


११ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु गरेको छ ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की बनिसकेपछि तारा एयरले इलामको पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।

तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, नाट्टाका अध्यक्ष अच्युत गुरागाईं, होटल एसोसिएशन अफ नेपालका उपाध्यक्ष विनायक शाहसहित पर्यटन व्यवसायीको १४ जनाको टोली उडानमा सहभागी थियो ।

६७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको उक्त विमानस्थलमा पक्की धावनमार्ग बन्नुअघि विस २०७५ जेठ २१ गते तारा एयरले पहिलो परीक्षण उडान गरेको थियो ।

तारा एयरले आइतबार र बिहीबार हप्तामा दुई दिन नियमित उडान गर्ने यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

उक्त एयरले काठमाडौँ इलामका लागि आठ हजार ७०० भाडादर कायम गरेको छ । उडानको समय भने एक घण्टा लाग्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस