ओली भेट्न गृहमन्त्री खाँड बालकोटमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओली भेट्न गृहमन्त्री खाँड बालकोटमा


११ फाल्गुन २०७८, बुधबार


काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड बालकोट पुगेका छन् ।

एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँड ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।

त्यस्तै ८ गते एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै एमसीसीविरोधी प्रदर्शनकारीले ढुङ्गा हानेको विषयमा पनि कुराकानी हुने बताइएको छ । ओलीले आफूलाई लक्षित गर्दै ढुङ्गा प्रहार भएपछि गृहमन्त्रीको भूमिका माथि प्रश्न उठाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस