एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo २६ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै


११ फाल्गुन २०७८, बुधबार


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा आफ्नो धारणा बनाउन आज (बुधवार)संसदीय दलको बैठक बोलाइएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीले बताए ।

‘हाम्रो पार्टीबाट एमसीसीको बारेमा नेताहरूको व्यक्तिगत धारणा आए पनि पार्टीको आधिकारिक धारणा आएको छैन । पार्टीको धारणा के हो त त्यसको बारेमा छलफल गर्न आज हामीले संसदीय दलको बैठक बोलाएका छौँ, उनले भने, ‘आजको संसदीय दलको बैठकले एमसीसीको बारेमा धारणा तय गर्नेछ ।’

​संसद्‍बाट एमसीसी पारित हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै उनले पार्टीको आधिकारिक धारणा आज सार्वजनिक गरिने बताए । एमसीसी नेपालको हितमा रहेको र यसलाई पारित गराउनु नै राम्रो हुने बताउँदै उनले कसैको जुँगाको लडाइँका कारण विकास कार्यलाई अवरोध गर्न नहुने बताए ।​ लोसपा सुरुदेखि नै एमसीसीको पक्षमा रहेको छ ।

पार्टीमा पनि सबै नेताबिच एमसीसीको बारेमा एकमत रहेको छ । आज संसदीय दलको बैठक बसी त्यसको आधिकारिक धारणा पार्टीमा सर्कुलर गर्नेछ ।

यसैबिच, संसदीय दलको बैठकपछि पार्टी शीर्ष नेताको पनि बैठक बस्नेछ । प्रदेश, जिल्ला तथा स्थानीय तहमा मनोनयन भएका पद तथा तदर्थ समितिको बारेमा छलफल गर्नुको साथै अगामी कार्यकारिणी समितिको बैठकको एजेन्डा पनि तय गर्नेछ ।

पार्टीमा आन्तरिक द्वन्द्वका कारण बैठक बसिरहेको थिएन । मङ्गलवार लोसाबाट केही नेता अलग भएपछि पार्टीका शीर्ष नेताहरूको बैठक सुरु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस