२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली चढेको गाडीमा आक्रमण गर्नेमाथि गृहले थाल्यो छानविन

अ+ अ-

काठमाडौँ । सरकारले एमसीसी सम्झौता विरुद्धको आन्दोलनमा हिंसात्मक कार्यमा संलग्न व्यक्तिहरुमाथि छानविन गर्न थालेको छ ।

फागुन ८ गते एमसीसी संसदमा टेबल हुने दिन सांसदहरुको आवागमनमा अवरोध गर्ने र केपी शर्मा ओली चढेको गाडीमाथि आक्रमण गर्नेमाथि छानविन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘केही समूहबाट सडकमा प्रदर्शनका नाममा फागुन ८ गते आफ्नो निवासबाट संसद भवन आउने क्रममा पूर्व प्रधानमन्त्रीज्यू चढेको सवारी साधनमा अवरोध पुर्‍याउने र ढुंगा प्रहार गर्नेसम्मको हर्कत देखिएको छ । त्यस्ता हिंसात्मक कार्यहरुप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्तिहरु छानविनको क्रममा समेत रहेका छन् ।’

सरकार नागरिकको जीउधनको सुरक्षा गर्न सदैव तत्पर रहेको उल्लेख गर्दै गृहले यस्ता प्रकृतिका घटनाको गम्भीरतापूर्वक निगरानी गरिरहेको पनि जनाएको छ ।

शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक र कानूनी हकको सम्मान गर्दै सरकार र सुरक्षाकर्मीले उच्च संयमता अपनाएको जानकारी गराउँदै गृहले आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधि नगर्न चेतावनीसमेत दिएको छ । नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुऱ्याउने कार्य नगर्ने सबैको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस