विश्वकप छनोट : सेमिफाइनलमा नेपाल आज यूएईसँग खेल्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्वकप छनोट : सेमिफाइनलमा नेपाल आज यूएईसँग खेल्दै


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । आइसिसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ ।

अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदैछ । अर्को खेल ओमान र आयरल्यान्डबिच हुनेछ । आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो ।

दुवै सेमिफाइनल खेल आज अपराह्न पौने चार बजे ओमानको अल अमेरात रङ्गशालामा एकै समयमा हुनेछन् ।
नेपालले आज युएईलाई हराएमा विश्वकमा छनोट हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस