२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार छाड्न माग गर्नेलाई प्रचण्डको जवाफ, एक दुई दिन पर्खिन आग्रह

अ+ अ-

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसद्मा टेबल भएसँगै एकीकृत नेकपा माओवादीका सांसदहरूले संसदीय दलको निर्णय अनुसार सरकार छोड्न नेतृत्वसँग माग गरेका छन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिन पर्खिन आग्रह गरेका छन् ।

आइतबार चार दलका शीर्ष नेताहरूबिच भएको छलफलमा एमसीसी संसद्मा टेबल गर्ने सहमति भएको थियो । तर संसद्को बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक देव गुरुङ, जय पुरी घर्ती र रेखा शर्माले फरक मत राखे । संसद् बैठकमा पनि गुरुङले एमसीसीको विरोध गरे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि टेबल गर्दा माओवादी केन्द्रका केही सांसदले उठेर विरोध गरे भने प्रचण्डसहित केही नेताहरू बसिरहे । उठेर एमसीसीको विरोध गर्नेमध्ये एक गिरिराजमणि पोखरेल भन्छन्, ‘अस्ति संसदीय दलले टेबल गर्ने भए विपक्षमा जाने भनेकाले उभिएको हुँ ।’

संसद्को बैठकलगत्तै माओवादी प्रमुख सचेतक देव गुरुङलगायतले बैठक हलमै प्रचण्डसँग कुरा गर्न खोजेका थिए । संसद् भवन परिसरमा भएको भेटमा सांसदहरूले संसदीय दलको निर्णयअनुसार तत्काल सरकार छाड्नुपर्ने बताएका छन् ।

एक सांसद भन्छन्, हामीले पार्टीको निर्णयअनुसार सरकार तत्काल छाड्नुपर्छ भन्यौँ । तर उहाँ (प्रचण्ड)ले केही समय पर्खेर हेरौँ भन्नुभयो ।’

प्रतिक्रिया दिनुहोस