ओलीको टिप्पणी: सत्ता गठबन्धनले एमसीसीलाई गिजोलेर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेले « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ओलीको टिप्पणी: सत्ता गठबन्धनले एमसीसीलाई गिजोलेर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेले


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमसीसीलाई गिजोलेर भूराजनीतिक द्वन्द्वमा मुलुकलाई धकेलेको बताएका छन् ।

संसद् बैठकपछि सिंहदरबारस्थित संसदीय दलको बैठकमा भेला भएका करिब दुई दर्जन एमाले सांसदहरुले एमसीसीबारे पार्टीको पोजिशनबारे जिज्ञासा राख्दा ओलीले एमसीसीलाई विगतमा आफूविरुद्धको हतियार बनाउनेहरुले अहिले मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन खोजेको बताएका हुन्।

छलफलमा सहभागी सांसद यज्ञराज सुनुवारले ओलीको भनाइ उद्धृत गर्दै भने– यी गठबन्धनकारीले एमसीसी अनुमोदनका लागि पेस गरेका होइनन्,जनताबिच भिडन्त गराउने र सडकमा आगो बाल्नका लागि अहिले ल्याइएको हो । यसमा एमालेको कुनै भूमिका रहँदैन । सभामुखका कारण हामी संसदीय प्रक्रियामा छैनौँ,प्रक्रियामा भाग लिन पायौँ भने त्यही बेला हाम्रो पोजिशन प्रस्ट हुन्छ ।

अध्यक्ष ओलीले परमादेशलाई जनादेशले विस्थापित नगर्दासम्म मुलुक यस्तै सङ्कटमा फस्ने बताएका थिए ।

पूर्व प्रधानमन्त्री ओलीले उतिबेलै एमसीसी पारित गरिएको भए अहिले यस्तो अवस्था नआउने बताएका थिए ।

अहिले चीन र अमेरिका प्रत्यक्ष भनाबैरीमा उत्रिएपछि सरकारले एमसीसी संसदमा लगेको ओलीको टिप्पणी थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस