एमसीसीको विरोध प्रदर्शनमा प्रहरीले चलायो रबरको गोली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमसीसीको विरोध प्रदर्शनमा प्रहरीले चलायो रबरको गोली


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले रबरको गोली चलाएको छ ।

बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले पनि विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ ।

एमसीसी सम्झौता संसदमा टेबल गर्ने दलहरुको निर्णयको विरोधमा प्रदर्शनकारीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन केन्द्रित गरेका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो ।

त्यसपछि प्रहरीले गोली पनि चलाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस