कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


८ फाल्गुन २०७८, आइतबार


धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भजनी नगरपालिका–३ बेलाबोजीमा सुपप्र ०१००८ प ४७२३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाएकाे छ ।

तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस