२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा केन्द्रित हुन काँग्रेस प्रवक्ता डा. महतको आग्रह

अ+ अ-

त्रिशूली । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

नेपाली काँग्रेस नुवाकोटको प्रतिनिसभा क्षेत्र नं १ को क्षेत्रीय कार्यालय र क्षेत्र नं १ को प्रदेश (ख)को प्रदेश कार्यालयको छहरे बजारमा सयुक्तरूपमा उद्घाटन गर्दै प्रवक्ता डा महतले पार्टी अधिवेशनका क्रममा देखिएका तिक्तता बिर्सिएर आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनतर्फ लाग्न निर्देशन दिएका छन् ।

‘पार्टीमा हालै सम्पन्न भएका आन्तरिक प्रतिस्पर्धाका रूपमा आसन्न निर्वाचनलाई लिनुहुन्न’, उनले भने, ‘पार्टीको निर्माण निर्वाचन जितेर सत्तामा पुग्नु भएकाले आम निर्वाचनमा खुट्टा कमायौँ भने क्लबजस्तो मात्रै हुन्छौँ, जनताको सेवाका लागि सत्तामा पुग्न आसन्न निर्वाचनमा जीत प्राप्त गर्नतर्फ लाग्नुपर्छ ।’

वडा तहदेखि नै सङ्गठन बलियो बनायो भने पार्टीको संरचना पालिका हुँदै जिल्लासम्म बलियो बनाउन सकिनेतर्फ स्मरण गर्न कार्यकर्ताको ध्यनाकर्षण गराए ।

आसन्न स्थानीय तहको निर्वाचनमा जुन पार्टी बलियो हुन्छ, सोही पार्टीले त्यसपछिका निर्वाचन आफ्नो पक्षमा बनाउने हुँदा वडादेखि नै चुनावी माहोल आफ्नो पक्षमा बनाउनतर्फ लाग्न प्रवक्ता डा महतले आग्रह गरे ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा र रामहरि खतिवडाले काँग्रेसको सङ्गठन बलियो भए पनि पार्टीभित्रको आन्तरिक समस्या समाधान गरेर अघि बढ्न पार्टीले गम्भीररूपमा लिएको बताए ।

नेपाली काँग्रेस नुवाकोटको प्रतिनिसभा क्षेत्र नं १ क्षेत्रीय प्रदेशको कार्यालय स्थापना भएसँगै पार्टी गतिविधि अघि बढाउन, बैठक सञ्चालन, सम्पर्क तथा जनताको सेवा प्रवाह, पार्टीसँग सम्बन्धित कागजातको सुरक्षालगायतमा सहयोग पुग्ने विश्वास लिइएको क्षेत्रीय सभापति धुव्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस