एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु, एमसीसीबारे निर्णय लिने  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु, एमसीसीबारे निर्णय लिने 


७ फाल्गुन २०७८, शनिबार


काठमाडौं । एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठकमा चलिरहेको छ ।

‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसी नै हो । योभन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव गंगालाल तुलाधरले भने । ‘एमसीसीसँग जोडिएका अन्य कुराहरुमा गठबन्धनको भविष्य, हाम्रो भुमिकालगायतका बारेमा छलफल हुन्छ र निर्णयमा पुग्छौ ।’ तुलाधरको भनाई छ ।

नेता तुलाधरले एमसीसी यथास्थितिमा पास गर्नुहुँदैन भन्ने पूर्ववत् धारणा रहेको भन्दै यो बीचमा पनि एमसीसीका सम्वन्धमा धेरै अध्ययन गरिएको बताएका छन् । सो पार्टीको नेतृत्वले यथास्थितिमा एमसीसी पास हुन नसक्ने बताउँदै आएपनि सरकारमा रहेका मन्त्रीहरु एमसीसी पास गरेर गठबन्धन र सरकार जोगाउनुपर्ने पक्षमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस