प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन : ज्ञानेन्द्र « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन : ज्ञानेन्द्र


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन् ।

७२औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पुर्‍याइरहेको छ, विचारणीय प्रश्न छ भनेका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । अरूले ओढाइदिएको असमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक् भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक् भएर बाहिरी लोभ र प्रलोभनमा पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन । त्यो स्वतः स्फूर्त एवम् लोक सम्मत हुन्छ र हुनु पर्दछ । अलमलिएको सरकार, भत्किएको संसद्, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पुर्‍याई रहेको छ, विचारणीय प्रश्न छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस