आजको संसदको एक मात्र कार्यसूची : आदिवासी जनजाति आयोगको प्रतिवेदन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आजको संसदको एक मात्र कार्यसूची : आदिवासी जनजाति आयोगको प्रतिवेदन


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । आज (शुक्रबार) को प्रतिनिधि सभा बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने एक मात्र कार्यसूची तय भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले यो कार्यसूची तय गरेको हो ।

सरकारले आज एमसिसी पेस गर्ने तयारी गरेको थियो । तर सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि त्यो तयारी स्थगित गरिएको छ ।

एमसिसीमा साझा धारणा बनाउन यही फागुन ८ गते गठबन्धनको फेरि बैठक बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस