प्रदर्शन रोक्न वानेश्वर क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

प्रदर्शन रोक्न वानेश्वर क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । सरकारले काठमाडौँको माइतीघरदेखि बानेश्वर चोकसम्म ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

विभिन्न पार्टीहरूले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम तय गरेसँगै सरकारले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो ।

शुक्रवार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले पनि उनीहरूले विरोधका कार्यक्रमहरू राखिएका हुन् ।

बुधवार पनि वानेश्वरमा एमसीसीको विरोध गर्ने विभिन्न पार्टीका कार्यकर्ता र सुरक्षाकर्मीबिच झडप भएको थियो ।

एमसीसी अनुमोदन गर्ने विषयमा सत्तारुढ दलभित्रै मतभेद रहेको छ । सत्तारुढ पाँच दलमध्ये नेपाली काँग्रेस अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ भने नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संशोधन गरेर मात्र एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस