प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बिहीबार भेटवार्ता भएको छ । 

प्रधानमन्त्री देउवा सत्ता गठबन्धन दलको बैठकपछि एमाले अध्यक्ष ओलीलाई भेट्न भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए । सो अवसरमा  वर्तमान राजनीतिक अवस्था र अमेरिकी अनुदान सहयोग एमसीसीका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजूसहित  गएराति ८ः५० बजे बालकोट पुगेका थिए । 

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच राजनीतिक अवस्थाका बारेमा कुराकानी भए पनि सञ्चारकर्मीलाई जानकारी गराउनुपर्ने गरी कुनै निष्कर्षमा नपुगेको अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले बताए । शुक्रवार फेरि सत्ता गठबन्धनको बैठक छ, त्यसमा कस्तो छलफल हुन्छ, कस्तो प्रतिक्रिया आउँछ एमालेले त्यसलाई मध्यनजर गर्ने अवस्था रहेको उनले जानकारी दिए । 

बिहीबार  बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि शुक्रवार १० बजे पुनः बैठक बस्ने गरी बैठक विना निष्कर्ष सकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस