काठमाडौँ । सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीन जना एआईजी थप्ने निर्णय गरेको छ ।
आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले तीन जना एआईजी थप्ने निर्णय गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।
प्रहरीमा हाल जनपदतर्फ ५ जना एआईजी छन् । तीन जना थपिएसँगै एआईजीको सङ्ख्या आठ पुग्नेछ ।