पत्रकारहरूको निःशुल्क उपचार गर्ने नीति कार्यान्वयन गर्न सरकारलाई महासङ्घको ध्यानाकर्षण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पत्रकारहरूको निःशुल्क उपचार गर्ने नीति कार्यान्वयन गर्न सरकारलाई महासङ्घको ध्यानाकर्षण


५ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकारहरूको निःशुल्क उपचार गर्ने नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टसहितको टोलीले आज (बिहीबार) अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर ध्यानाकर्षण गराएको हो ।

सरकारले बजेट भाषण मार्फत पत्रकारहरुको निःशुल्क उपचार गर्ने बताएको थियो ।

त्यस्तै, सरकारले आर्थिक वर्ष २०७८/०८९ को बजेटमार्फत महासङ्घ र सञ्चार क्षेत्रलाई विनियोजित बजेटको कार्यान्वयनमा ल्याउन, पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न, कोरोनाले मिडियामा पारेको प्रभाव न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न र कोभिड प्रभावित पत्रकारका लागि लेखनवृत्तिको व्यवस्था गर्न मन्त्री शर्मासमक्ष आग्रह गरेको महासचिव रोशन पुरीले जानकारी दिए ।

महासङ्घले कोभिडका कारण सहुलियतपूर्ण ऋण लिने सञ्चारमाध्यमको अनुगमन गर्न र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सहुलियतपूर्ण कर्जा प्रवाह नगर्नसमेत आग्रह गरेको छ । साथै, महासङ्घको निर्माणाधीन भवनको लागि बजेट व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

जवाफमा मन्त्री शर्माले महासङ्घले उठाएका विषयवस्तुलाई सकारात्मक रूपमा लिँदै त्यसको कार्यान्वयनमा सरकारको तर्फबाट कुनै कसर नराखिने प्रतिबद्धता व्यक्त गरे ।

उनले तत्कालका लागि पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने समेत बताए । मन्त्री शर्माले अनलाइनलाई तत्काल वर्गीकरण प्रक्रियामा लैजान बजेट छुट्याइएको समेत जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस