बालाजुमा मिनिबसको ठक्करबाट २ जना पैदल यात्रुको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालाजुमा मिनिबसको ठक्करबाट २ जना पैदल यात्रुको मृत्यु


५ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिला छिन् । विहान करिब ५ बजेर ५५ मिनेटमा बसले दुईजनालाई किचेर फरार भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । बसको नम्बर खुल्न सकेको छैन । घटनाबारे महानगरीय प्रहरी वृत बालाजुका डिएसपी गौतम मिश्र सहितको टिमले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस