नयाँ शैक्षिक सत्र वैशाखबाटै सुरु , पठनपाठन भने जेठदेखि « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नयाँ शैक्षिक सत्र वैशाखबाटै सुरु , पठनपाठन भने जेठदेखि


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । सरकारले नयाँ शैक्षिक सत्रको विद्यालय पठनपाठन आगामी जेठ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ यद्यपि शैक्षिक सत्र भने वैशाखदेखि नै सुरु हुने भएको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज (बुधबार) बसेको बैठकले सो निर्णय गरेको हो ।

शिक्षामन्त्रीका प्रेस संयोजक विमल खड्काका अनुसार वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने र जेठ १ गतेदेखि पढाइ सुरु गर्ने निर्णय भएको छ ।

कतिपय जिल्लामा कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेको र सरकारले वैशाख ३० गते स्थानीय चुनाव घोषणा गरिसकेको अवस्थालाई मध्यनजर गर्दै जेठदेखि पढाइ सुरु गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

कोरोनाको तेस्रो लहरले बन्द रहेका शैक्षिक संस्थामा फागुन १ गतेदेखि भौतिकरुपमा पठनपाठन सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस