संसद बैठकको कार्यसूची तयार: परेन एमसीसी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संसद बैठकको कार्यसूची तयार: परेन एमसीसी


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय बताएका छन् ।

दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय बताएका हुन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल हुने छैन ।

आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसालेका थिए । बैठकमा कानुनमन्त्री दिलेन्द्र बडुले एमसीसी टेबल गर्नुपर्नेमा जोड दिएका थिए ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले एमसीसीका प्रावधान संशोधन बिना पेश गर्न नहुने अडान राखेका थिए । बैठकको अन्त्यमा सभामुख सापकोटाले सहमति नजुटेको भन्दै आज एमसीसी कार्यसूचीमा नचढ्ने निर्णय बताएका हुन् ।

संसद सचिवालयले आजको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ । जसमा एमसीसी टेबल हुने विषय समावेश गरिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस