चर्चित बलिउड सङ्गीतकार बप्पी लहिरीको निधन « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

चर्चित बलिउड सङ्गीतकार बप्पी लहिरीको निधन


४ फाल्गुन २०७८, बुधबार


 काठमाडौँ। चर्चित भारतीय गायक तथा सङ्गीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा आज निधन भएको छ ।

विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका गायकको मुम्बईस्थित क्रिटिकेयर अस्पतालमा निधन भएको बलिउड हंगामाले जनाएको छ । सन् ८० र ९० को दशकमा बलिउडमा डिस्को सङ्गीत थालनी गर्ने श्रेय उनलाई जान्छ ।

अस्पतालका निर्देशक डा. दीपक नामजोशीले लहिरी एक महिना अघिनै अस्पतालमा भर्ना भएको र सोमबार मात्र अस्पतालबाट डिस्चार्ज भएको जनाएका छन् ।

तर, मंगलबार पुनः स्वास्थ्यमा समस्या आएपछि परिवारले घरमै चिकित्सक बोलाएका थिए । त्यसपछि उनलाई पुनः अस्पताल लगीएको थियो । उनीसँग विविध खाले स्वास्थ्य समस्या रहेको जनाइएको छ ।

मध्यरातमा ओएसए (अब्सट्रक्टिभ स्लिप एप्रिया) अर्थात् सुताइमा समस्या आएपछि उनको निधन भएको भनिएको छ । बप्पी लहिरी अन्तिम पटक सलमान खानसँग बिग बोस १५ रियालिटी सोको कार्यक्रममा देखिएका थिए ।

गत साता मूर्धन्य गायिका लता मंगेशकरको निधनमा शोक व्यक्त गर्दै लहिरीले सरस्वती माताको पुनर्जन्म भएको बताएका थिए । चल्ते चल्ते, डिस्को डान्सर र सरावी उनका चर्चित गीत हुन् ।

सन् २०२० मा रिलिज भएको टाइगर श्रफ र श्रद्धा कपुर स्टार बागी ३ मा अन्तिम पटक उनले ‘भंखस’ गीत गाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस