बागमती प्रदेश: तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय, हरेक दिन दीपावली गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेश: तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय, हरेक दिन दीपावली गरिने


४ फाल्गुन २०७८, बुधबार


मकवानपुर । बागमती प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रमको आयोजना गर्नुका साथै हरेक दिन दीपावली गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।

त्यसैगरी सोही बैठकले मुख्यमन्त्री पाण्डे संयोजक रहने गरी आयोजक मूल समारोह समितिसमेत गठन गरेको छ । समितिको सदस्यमा प्रदेशका सबै मन्त्रीहरु, मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा पत्रकार महासङ्घ बागमती प्रदेश समिति रहेकोसमेत प्रवक्ता खनालले जानकारी दिए ।

उनका अनुसार ६ गते सार्वजनिकस्थल सरसफाइ, ७ गते साइकल र्याली र सभा तथा ८ गते नेपालको राष्ट्रिय झण्डात्तोलन गर्ने कार्यक्रम तय गरिएको छ । तीन दिनै दीपावली गरिनेसमेत उनले उल्लेख गरे । सञ्चार क्षेत्रबाट परिसंवाद कार्यक्रम सञ्चालन गर्ने र प्रचारप्रसारको जिम्मेवारी पत्रकार महासङ्घ बागमती प्रदेश समितिलाई दिइएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस