प्रतिनिधिसभा बैठकको कार्यसूचीमा परेन एमसिसी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभा बैठकको कार्यसूचीमा परेन एमसिसी


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । भोलि (बुधबार )बस्न लागेको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसिसी) राखिएको छैन ।

प्रधानमन्त्री र कानूनमन्त्री लगायतले भोलि एमसिसी टेबुल गर्ने बताइरहेको भए पनि सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा भने एमसिसी राखिएको छैन ।

नेपाली काँग्रेसको आज (मंगलबार) बसेको संसदीय दलको बैठकले नाफा घाटा नहेरी काँग्रेसले एमसिसी पेस गर्ने र अनुमोदनको पक्षमा उभिने निर्णय गरेको थियो ।

बुधबार दिउँसो १ बजे बस्ने बैठकको कार्यसूचीमा थारु आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने विषय राखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस