कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवस औपचारिक रुपमा नमनाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवस औपचारिक रुपमा नमनाउने


३ फाल्गुन २०७८, मंगलबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोनाभाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले प्रदेश स्थापना दिवस औपचारिक रुपमा नमनाउने भएको छ ।

विगत वर्षहरुमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने गरिएकोमा यो वर्ष दिप प्रज्वलन मात्रै गरिने मुख्यमन्त्री जीवनबहादुर शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले बताए ।

उनले भने, ‘औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको छ । कोभिडको जोखिम कायमै रहेका कारण पनि औपचारिक कार्यक्रम नगरिएको हो । कार्यालयहरुमा आज साँझ र भोलि साँझ दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस