बलात्कार मुद्दाका फरार युवक २४ वर्षपछि पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बलात्कार मुद्दाका फरार युवक २४ वर्षपछि पक्राउ


३ फाल्गुन २०७८, मंगलबार


पक्राउ

काठमाडौँ । बलात्कार मुद्दामा फरार रहेका एक युवक २४ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला अदालत संखुवासभाबाट ५ वर्ष कैद र आधा अंश पीडित महिलालाई दिनुपर्ने भनी फैसला गरेको १७ वर्षपछि उनलाई प्रहरी पक्राउ गरेको हो ।

संखुवसभाको महालु गाउँपालिका–१ का ४० वर्षीय मिङतेम्बा शेर्पालाई सोमबार काठमाडौँको ठूलो भर्‍याङबाट सोमबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जनाएको छ ।

उनले २०५४ सालमा सोही ठेगानाकी एक महिलालाई रातको समयमा खेतको काम सकेर फर्कदै गर्दा ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेको र २०६१ साल चैत १० गते जिल्ला अदालत संखुवासभाले दोषी ठहर गरेको थियो ।

फैसला कार्यान्वयनका लागि उनलाई मंगलबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस