भोलि संसदमा एमसीसी टेबुल हुनेमा विश्वस्त छुः प्रधानमन्त्री देउवा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

भोलि संसदमा एमसीसी टेबुल हुनेमा विश्वस्त छुः प्रधानमन्त्री देउवा


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

मंगलबार नेपाली काँग्रेस संसदीय दलको बैठकमा उनले आफूले समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा परामर्श गरेको र एमसीसी सम्झौता टेबुल हुनेमा विश्वस्त रहेको बताएका काँग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

उनले भने, ‘मैले सभामुखसँग यस विषयमा परामर्श गरेको छु र म भोलि टेबुल हुन्छ भन्ने कुरामा विश्वस्त छु भनेर सभापतिज्यूले भन्नुभएको छ ।’

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले संसदमा टेबुल भइसकेपछि सबै राजनीतिक दलले यो सम्झौताको पक्षमा अनुमोदन गर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस