बुटवलमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

बुटवलमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ युवाको जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

तीन जना चढेको लु ६० ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा बिहान अनियन्त्रित भएर पल्टिँदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार रुपन्देहीका गैडहवा गाउँपालिका ९ हात्ती बजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा अस्पतालमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस