२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस संसदीय दलको बैठक अघि प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबिच भेटवार्ता

अ+ अ-

काठमाडौँ । सत्तारुढ तीन दलका शीर्ष नेताबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । मङ्गलवार  बिहान प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता भएको हो ।

पार्टीको सर्वदलीय बैठकअघि देउवाले प्रचण्ड र माधव नेपालसँग छलफल गरेका हुन् । उनीहरूबिच बिहान ८ बजेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव, एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल भएको बुझिएको  छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार राजदूत नियुक्तिका विषयमा पनि छलफल भएको थियो ।  प्रधानमन्त्री देउवाले गत बिहीबार पनि राजदूत नियुक्तिका सन्दर्भमा प्रचण्ड र नेपालसँग छलफल गरेका थिए । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकबाट राजदूत सिफारिस तयारी भइरहेको छ ।

नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग (न्युयोर्क, जेनेभा र भियना) र ३० देशमा दूतावास छन् । कुल ३० वटा मध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् । उनीहरु १० जना परराष्ट्र मन्त्रालयका करिअर राजदूत हुन् । बाँकी २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । प्रचण्ड र माधव नेपालसँगको छलफलपछि प्रधानमन्त्री देउवा काँग्रेस संसदीय दलको बैठकका लागि बालुवाटारबाट निस्केका छन् ।

प्रतिक्रिया दिनुहोस