हराएको खोप खोज्न गठित छानबिन समितिले स्वास्थ्यमन्त्री खतिवडालाई प्रतिवेदन बुझायो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हराएको खोप खोज्न गठित छानबिन समितिले स्वास्थ्यमन्त्री खतिवडालाई प्रतिवेदन बुझायो


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएको भनिएको कोभिड-१९ विरुद्धको खोप खोज्न गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई डा. गुणराज लोहनी संयोजक रहेको छानबिन समितिले आज (सोमबार) प्रतिवेदन बुझाएको हो ।

स्वास्थ्यमन्त्री खतिवडालाई बुझाएको प्रतिवेदनको विषयमा डा. लोहनी बोल्न चाहेनन् । ‘हामीले उक्त प्रतिवेदन स्वास्थ्यमन्त्रीलाई बुझाएका छौँ । मन्त्रीज्यू ले नै यस विषयमा सार्वजनिक गर्ने बताउनुभएको छ,’ डा. लोहनीले भने, ‘अहिले हामी बोल्न मिल्दैन ।’

स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार उक्त प्रतिवेदन पत्रकार सम्मेलन गरी भोलि (मंगलबार) सार्वजनिक गरिने छ ।

डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा छानबिन समितिमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस