सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत मंगलबार किष्ट अस्पतालमा भर्ना भएका जोशी उपचारपछि डिस्चार्ज भएका हुन् ।

६ दिनपछि आज (सोमबार) उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । उनको छातीमा निमोनिया देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस